२६ जेष्ठ २०८२, आईतवार

दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन

 

५ असार, काठमाडौँ । किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् ।

आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरूले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रनुपरेको बताए । उनका अनुसार देशभरका किसानले दूध बिक्री बापत झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ । संस्थानका निमित्त महाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्री नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?