मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

सारांश

  • ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।
  • गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।
  • जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको थियो।

१९ जेठ, ललितपुर । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।

गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको थियो। ललितपुरको किष्ट अस्पतालमा बिहान साढे २ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो। उनको पनि उपचारका क्रममा आज बिहान ६:२५ बजे मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी
नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी