गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन

सारांश

  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।
  • बिहीबार बिहान विमानस्थल पुगेका उनले विभिन्न क्षेत्रको अनुगमन गरेका हुन्।
  • उनले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन्।

काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। बिहीबार बिहान विमानस्थल पुगेका उनले विभिन्न क्षेत्रको अनुगमन गरेका हुन्।उनले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन्। गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए।

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए। उनले बिदाइ गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो राखेका थिए।

सो क्रममा मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए। उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै