३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
४८ पटक हेरिएको
Shares
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

सारांश

  • वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।
  • युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।
  •   वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।

 

काठमाडौं ।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।

विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जनाएका छन् ।

विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ३५ दिनको अवधि पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले जनाए ।

यस कदमबाट वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री यादवले उल्लेख गरे । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, पीडितलाई न्याय दिलाउने तथा ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले प्रक्रिया अघि बढाएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक