सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८३
|
|
१२२ पटक हेरिएको
Shares
सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

सारांश

  • सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनैस साह कलवारको कुखुरा फार्म र सोही स्थानका सन्तोष साहको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनैस साह कलवारको कुखुरा फार्म र सोही स्थानका सन्तोष साहको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।


प्रहरीले कुखुरा फार्मबाट १० जना र सन्तोष साहको घरबाट सात जनालाई पक्राउ गरेको हो। त्यस्तै, मलंगवा नगरपालिका–८ स्थित कोल्ड स्टोरनजिक भागनारायण चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा थप नौ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार तीनवटै स्थानबाट कुल ९ लाख ४९ हजार १४५ रुपैयाँ नेपाली र ३२ हजार ८५० रुपैयाँ भारतीय मुद्रा बरामद भएको छ। त्यसैगरी, माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको एउटा चेक, तासका बुक तथा जुवा खेल्न प्रयोग हुने अन्य सामग्री पनि बरामद गरिएको छ।
बरामदमध्ये भागनारायण चौधरीको घरबाट मात्रै ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० रुपैयाँ भारतीय मुद्रा फेला परेको प्रहरीले जनाएको छ। उक्त घरबाट २५ थान मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ परेका २६ जनालाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
नगर कार्यपालिकाको कार्यालय हरिपुर सर्लाहीको सार्वजनिक अनुरोध !!!
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔं : देउवा
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी