अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ८, २०८३
|
|
८२ पटक हेरिएको
Shares
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

सारांश

  • देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।
  • काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.

७ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ५२७६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १३ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय अनिल कुमार हरिजनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उता, रूकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपीचारबाट अवैध लागूऔषध गाँजा ८७ ग्राम ९ सय ७० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने २८ वर्षीय सुरज लामिछाने र ललितपुर, ललितपुर महानगरपालिका–३ बस्ने ३३ वर्षीय आस्तिक सेरचन रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले पश्चिम रूकुमबाट पूर्वी रूकुमकोटतर्फ आउँदै गरेको बा.३७ प ८४४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–९ जोकवारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ७७ ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका–४ बरमपुरवा बस्ने ४५ वर्षीय दान बहादुर हरिजनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ७ सय २० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका–२ बस्ने २४ वर्षीय अमित दर्जी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
२३औं दिनमा शिक्षक आन्दोलन, नाराबाजी छाडेर रक्तदान
२३औं दिनमा शिक्षक आन्दोलन, नाराबाजी छाडेर रक्तदान
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह