सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८३
|
|
१३७ पटक हेरिएको
Shares
सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

सारांश

  • ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो ।
  • सम्राले ११७ बलमा १०५ रन बनाए ।

३१ असोज, काठमाडौं ।

ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।

आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए । एक समय २१९-३ को अवस्थामा रहेको क्यानडाले त्यसपछि निरन्तर विकेट गुमायो । नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...