नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३०, २०८३
|
|
१२३ पटक हेरिएको
Shares
नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।
  • रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो ।
  • बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ ।

३० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला ।’

आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।

रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट हुने प्रक्रिया सुरु हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...