कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १३, २०८१
|
|
२१८ पटक हेरिएको
Shares
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
  • बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
  • मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।

१३ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।  ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३९ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् ।

कांग्रेसका १२ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले मतदानमा सहभागी नहुने बताइन् । उनले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भएकाले तटस्थ बस्ने बताइन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ । मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने नै हो ।’  कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यद्यपि कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
परराष्ट्रमन्त्री शर्माले लिए शपथ
परराष्ट्रमन्त्री शर्माले लिए शपथ
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो