सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २५, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ ।
  • नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
  • मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे ।

२५ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे । सरकारले स्रोत व्यहोर्ने शिर्षकमा आन्तरिक राजश्व परिचालन एक अर्ब ७२ करोड, नेपाल सरकारबाट प्राप्त हुने १० अर्ब २४ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड, नेपाल सरकारको वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख र अघिल्लो आर्थिक वर्षबाट बचन हुने ९ अर्ब ३५ करोड र संघीय सर्शत अनुदानबाट छ अर्ब ३ करोड अनुमान गरिएको छ ।

संघीय समपूरक अनुदानबाट ३८ करोड र विशेष अनुदानबाट ५२ करोड अनुमान गरिएको छ । तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि एमाले र नेकपाको गठबन्धन सरकार बनेको थियो ।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि बजेट आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
दुई दशकपछि सडक स्तरोन्नति
दुई दशकपछि सडक स्तरोन्नति
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश