हवाई भाडा महँगी : प्रधानमन्त्रीले चासो देखाएपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल
सारांश
- चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् ।
- प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ ।
- प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको छ ।
२२ असोज, काठमाडौं । चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ ।
प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको छ ।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
प्रतिक्रिया