सर्लाहीमा चोरीको गरगहनासहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
३० पटक हेरिएको
Shares
सर्लाहीमा चोरीको गरगहनासहित चार जना पक्राउ

सारांश

  • राजीव यादव  सर्लाहीको गोडैता नगरपालिकामा घरबाट गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • प्रहरीका अनुसार गत असोज १३ गते गोडैता नगरपालिका–७ मा स्थानीय नरेश मिश्रको दुईतले पक्की घरमा चोरी भएको सूचना प्राप्त भएको थियो।

२० असोज, सर्लाही । राजीव यादव 

सर्लाहीको गोडैता नगरपालिकामा घरबाट गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार गत असोज १३ गते गोडैता नगरपालिका–७ मा स्थानीय नरेश मिश्रको दुईतले पक्की घरमा चोरी भएको सूचना प्राप्त भएको थियो। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घरको भित्री भागमा प्रवेश गरी बक्स तथा दराजमा राखिएका गरगहना चोरी भएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट चोरी भएका गरगहनासहितका सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरामद गरिएका सामानमा चाँदीजस्तो देखिने पायल दुई थान, सुनजस्तो देखिने झुम्का चार थान, सुनजस्तो देखिने औँठी एक थान, चाँदीजस्तो देखिने ठेसा दुई थान, लक्ष्मीको फोटो भएको सिक्का एक थान, हनुमानको आकृति भएको गरगहना एक थान र पहेँलो रङको सुनजस्तो देखिने लेडिज औँठी एक थान छन्।

प्रहरीले बरामद गरिएका सामान चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता र चोरीका अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
जनकपुरधाममा रेल सेवा बन्द
जनकपुरधाममा रेल सेवा बन्द
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम
अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम