कांग्रेस मोरङ-६ को अधिवेशनमा झडप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
२४८ पटक हेरिएको
Shares
कांग्रेस मोरङ-६ को अधिवेशनमा झडप

सारांश

  • सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा बुधबार विवाद भएपछि कुटपिट र तोडफोड भएको हो।
  • झडपमा परी केही व्यक्ति घाइते भएका छन्।
  • उम्मेदवार चुमनारायण तवदारलाई कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा सुन्दरहरैँचामा झडप भएको छ।

सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा बुधबार विवाद भएपछि कुटपिट र तोडफोड भएको हो।

झडपमा परी केही व्यक्ति घाइते भएका छन्। उम्मेदवार चुमनारायण तवदारलाई कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयलाई लिएर विवाद सुरु भएको थियो। माइन्यूट लेखन भइरहेका बेला ती महिलाले नाम नपरेको भन्दै कुरा राखेपछि बाहिरबाट आएका केही व्यक्तिले एकाएक तोडफोड र आक्रमण गरेको कांग्रेस मोरङका सहसचिव भुवनेश्वर मण्डलले जानकारी दिए।

आक्रमणबाट क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको छ। घटना लगत्तै अधिवेशनस्थलमा रहेकी पार्टी सहमहामन्त्री एवम् महाधिवेशन प्रतिनिधि उम्मेदवार डा डिला संग्रौला भागेकी थिइन्।

अधिवेशनस्थलमा भागदौड मच्चीँदा करिब ५० बढी कुर्सीहरू तोडफोड भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?