चार वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
९२ पटक हेरिएको
Shares
चार वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
  • बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
  • अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको छ ।

काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको छ ।

बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघ-संस्थासँग छलफल हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको छ ।

बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सदनमा पेस सम्बन्धमा छलफल गर्न कार्ससूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा कृषि,वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारवाहीको बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते