पाल्पामा पहिरोमा परेर पाँच जनाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ११, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
पाल्पामा पहिरोमा परेर पाँच जनाको निधन

सारांश

  • पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो।
  • यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो।

११ असोज, पाल्पा ।

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो।

यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो।

निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उनीहरू बेपत्ता भएका थिए। सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो। मृत पाँचै जनाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शव राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा