बाढी क्षतिको तथ्यांक संकलनगर्न कर्मचारी फिल्डमा, प्रश्नावलीमार्फत मूल्यांकन सुरु
सारांश
- रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।
- राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका अनुसार विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न स्थलगत टोली परिचालन गरिएको हो ।
- उनका अनुसार प्रस्तावित क्षेत्रको वास्तविकता पहिचान तथा तथ्यमा आधारित मूल्यांकन गर्न सम्बन्धित स्थानीय तह, क्षेत्रगत समिति तथा विषयविज्ञ समेतको परामर्शमा घरधुरी सर्वेक्षणका लागि प्रश्नावली तयार पारी रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित सबै पालिकाका वडामा तथ्यांक संकलन गर्न आइतबारदेखि टोली परिचालन गरिएको छ ।
५ असोज, काठमाडौं ।
रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका अनुसार विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न स्थलगत टोली परिचालन गरिएको हो । उनका अनुसार प्रस्तावित क्षेत्रको वास्तविकता पहिचान तथा तथ्यमा आधारित मूल्यांकन गर्न सम्बन्धित स्थानीय तह, क्षेत्रगत समिति तथा विषयविज्ञ समेतको परामर्शमा घरधुरी सर्वेक्षणका लागि प्रश्नावली तयार पारी रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित सबै पालिकाका वडामा तथ्यांक संकलन गर्न आइतबारदेखि टोली परिचालन गरिएको छ ।

प्रश्नावलीका आधारमा अनलाइन पोर्टल तयार पारी तथ्यांक प्रविष्टि तथा संकलन व्यवस्था मिलाइएको समेत आयोगले जनाएको छ । उक्त पोर्टल मार्फत तथ्यांक कार्यलाई प्रभावकारी, व्यवस्थित, एकरूप र विश्वसनीय बनाउन आवश्यक प्रविधि सहित ट्याबलेट्स उपलब्ध गराइ कर्मचारीलाई प्रभावित क्षेत्रका वडामा खटाइएको हो । आयोगका अनुसार यस काममा २ सय ५० भन्दा धेरै कर्मचारी फिल्डमा खटिएका छन् । हरेक टोलीमा एक प्राविधिक, १ प्रशासनिक तथा १ तथ्यांक सेवाका कर्मचारी रहने व्यवस्था मिलाइएको छ । परिचालित कर्मचारीलाई सम्बन्धित घरधुरी तथा प्रभावित क्षेत्रको स्थलगत अवस्था, हानि तथा नोक्सानी सम्बन्धी आवश्यक विवरण संकलन गरी अनलाइन प्रणाली मार्फत तथ्यांक प्रविष्टि गर्ने जिम्मेवारी दिइएको छ । हरेक पालिकामा तथ्यांक संकलन गर्ने काम थप व्यवस्थित र प्रभावकारी बनाउन आयोगका कार्यक्रम निर्देशकहरू समेत खटिएका छन् ।


प्रतिक्रिया