कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १८, २०८३
|
|
२३७ पटक हेरिएको
Shares
कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ ।
  • पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ ।
  • पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

१८ भदौ, काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ ।

सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ। कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ । उपत्यका आवतजावत गर्नुपर्ने यात्रुले सास्ती बेहोरिरहेका छन् । यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत बढ्न थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...