बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १७, २०८३
|
|
४२८ पटक हेरिएको
Shares
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?

सारांश

  • सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि  १३ करोड ५० लाख निकासा गरेको छ ।
  •   सरकारले दुई चरणमा  ती पालिकामा उक्त रकम निकासा गरेको हो ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि  एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।

१७ भदौ, काठमाडौं ।

सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि  १३ करोड ५० लाख निकासा गरेको छ ।  सरकारले दुई चरणमा  ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि  एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते ६ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाईंकुण्ड गाउँपालिकाका लागि दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा गरिएको छ । त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि  ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।  साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख निकासा भइसकेको  छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म  सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते  एक करोड निकासा दिएपछि अब सो कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?