शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
३१३ पटक हेरिएको
Shares
शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ

सारांश

  •   धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
  •   शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।
  • ‘घटनास्थलसम्म पैदल जानुपर्छ।

१३ भदौ,

केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ।  शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

‘घटनास्थलसम्म पैदल जानुपर्छ। त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन। घटनाका विषयमा थप विवरण आउन बाँकी छ’, उनले भने, ‘प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ। घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ। आरोपितसहित घटनालस्थलबाट हिँडेका प्रहरी टोली आज बेलुकासम्ममा जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरेका छौँ।’ राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन। शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिनेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँडेका विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए। सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुगेका शिक्षक राई बिहीबार राति गाउँलेहरूसँग बास बसेको जानकारी पाइएको उनको भनाइ छ।

सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन्। दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन्। घटना भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानुनी व्यवस्था छ। घटनाका विषयमा थप सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभा बैठक खुला मैदानमै
मधेश प्रदेशसभा बैठक खुला मैदानमै
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु
कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...