१२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका
सारांश
- बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन् ।
- स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५:३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् ।
- घर अगाडि खेलीरहेकी बालिका अचानक बेपता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए ।
७ भदौ, बारा ।
बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५:३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् । घर अगाडि खेलीरहेकी बालिका अचानक बेपता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए । बालिकालाई स्थानीयवासीले आइतबार बिहान ५ बजेतिर कलैया उपमहानगरपालिका २६ मा फेला पारेका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया