बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
२२० पटक हेरिएको
Shares
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री

सारांश

  • हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।
  • नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सामेल गराएका हुन् ।
  • यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्।

१९ साउन, काभ्रेपलाञ्चोक ।

हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सामेल गराएका हुन् । यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेललाई राजीनामा गराएर हानेपालाई मन्त्री पद दिएर सरकारमा भित्र्याइएको हो ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा सामेल भएसँगै एमाले र नेकपालाई अर्को चुनौती आइपरेको छ । एमाले र नेकपाको गठबन्धनलाई राप्रपाले समर्थन नगरे हानेपासँग गठबन्धन गर्ने तयारी गरेका थिए । प्रदेशसभामा हानेपाका २ सांसद छन् । हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाको गठबन्धनमा बागमतीमा एमालेको सरकार बनाउने सहमति छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै