सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

सारांश

  • नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।
  • विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो ।
  • निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ ।

११ साउन, काठमाडौं ।

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूचना प्रकाशन गरी यस्ता वस्तुहरूको पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा पूर्ण रूपमा मनाही गरिएको छ ।

यद्यपि, सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू (अनलाइन माध्यम) मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ । यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । यदि कानुनविपरीतका कार्यहरू गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई
नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
सिमलताल पहिरो :  १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
सिमलताल पहिरो : १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली