बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
सारांश
- बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् ।
- केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।
७ साउन, काठमाडौं ।
बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।

रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ । उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए । २८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।


प्रतिक्रिया