सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
२५६ पटक हेरिएको
Shares
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

सारांश

  • सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।
  •  गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए ।
  •  जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।

२६ असार, काठमाडौं ।

सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ । रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।

उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।  उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् । घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
संसद अवरोध गर्ने राप्रपाको तयारी
संसद अवरोध गर्ने राप्रपाको तयारी
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड