हरिवनमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
सारांश
- बजाज मोटरसाइकलको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हरिवन बजारमा सुरु भएको छ।
- असार ५ गतेदेखि सुरु भएको मेला असार १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
- मेलामा ग्राहकले नागरिकताको आधारमा मात्रै बजाज मोटरसाइकल तथा स्कुटर खरिदका लागि फाइनान्स सुविधा पाउने व्यवस्था गरिएको छ।
९ असार, सर्लाही ।
बजाज मोटरसाइकलको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हरिवन बजारमा सुरु भएको छ। असार ५ गतेदेखि सुरु भएको मेला असार १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा ग्राहकले नागरिकताको आधारमा मात्रै बजाज मोटरसाइकल तथा स्कुटर खरिदका लागि फाइनान्स सुविधा पाउने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत शून्य सेवा शुल्क, अन-द-स्पट फाइनान्स, पुराना सवारीसाधनको मूल्यांकनमा प्रचलित बजार मुल्य भन्दा उत्कृष्ट मुल्यान्कन , निःशुल्क एसेसरिज तथा विभिन्न छुट उपलब्ध गराइएको छ। आयोजक हिमांसु मोटर्सका संचालक दिनेश यादवका अनुसार मेलामा ग्राहकका पुराना बाइक तथा स्कुटरको मूल्यांकन गर्न विशेष भ्यालुएटरको व्यवस्था गरिएको छ।

उनीहरूले सवारीसाधनको मूल्यांकन गरी कम्पनीको तर्फबाट प्रचलित बजार मुल्य भन्दा उत्कृष्ट मुल्यान्कन बोनस भ्यालुएसन उपलब्ध गराउनेछन्। मेलामा खरिद गरिने मोटरसाइकलमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल तथा आयस्रोतसम्बन्धी प्रमाणपत्रजस्ता अतिरिक्त कागजातको आवश्यकता नपर्ने बताइएको छ। किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले सरल फाइनान्समार्फत एक घण्टाभित्रै ऋण स्वीकृत गराएर सेवा लिन सक्ने कम्पनीको दाबी छ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक Hansraj Hulaschand & Company Pvt. Ltd. ले सञ्चालन गरेको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ देशकै ठूलो मोटरसाइकल एक्सचेन्ज योजनामध्ये एक रहेको जनाएको छ। बजाजका आधिकारिक बिक्रेता Himasu Motors का सञ्चालक Dinesh Yadav ले जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटर साटेर बजाजका नयाँ मोडल खरिद गर्न सकिने र त्यसका लागि अनुभवी भ्यालुएटरमार्फत उच्चतम मूल्यांकनको व्यवस्था गरिएको बताए।


प्रतिक्रिया