सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न

सारांश

  • सोमवार जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको हत्या भयो ।
  • महोत्तरीको एकडरा गाउँपालिका ३ घर भएका महासेठ केहि दिनदेखि जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएका थिए ।
  • जटहीबाट बस चढेर जनकपुरधाम आएलगत्तै उनीमाथि छुरा (चक्कु) प्रहार भएको थियो ।

मौसम झा पाठक 

२७ चैत, जनकपुरधाम । सोमवार जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको हत्या भयो ।

महोत्तरीको एकडरा गाउँपालिका ३ घर भएका महासेठ केहि दिनदेखि जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएका थिए । जटहीबाट बस चढेर जनकपुरधाम आएलगत्तै उनीमाथि छुरा (चक्कु) प्रहार भएको थियो । घाईते अबस्थामा सडकमा लडेका उनलाई प्रहरीले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल पुर्याए । तर चिकित्सकले उनलाई मृत घोषणा गर्यो । प्रहरीले घटना भएको एक घण्टा नबित्दै छुरा प्रहार गर्ने यूवकलाई पक्राउ गरे । पक्राउ परेका जनकपुरधाम ४ शान्तिनगरका २२ वर्षीय अर्जुन भन्ने अजय कुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

अर्जुनको साथबाट वारदातमा प्रयोग गरिएको चक्कु बरामद भएको र उनले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । उनका अनुसार मृतक प्रिन्स र अर्जुनबीच जटहीमा सामान्य विवाद भएको थियो । जटहीबाट दुबैजना बस चढेर जनकपुरधाम आए । विश्वकर्मा चोक आएलगत्तै प्रिन्सको कठालो समातेर बसबाट तल झारेर अर्जुनले कुटपिट गरेका थिए ।

कुटपिट गर्दा प्रिन्स र उनका साथी रोषण कुमार झा भाग्न खोजेका थिए । सोही क्रममा प्रिन्सको बाँया साइडको छात्तीमा अर्जुनले चक्कु ‌प्रहार गरेको अनुसन्धानबाट खुलेको डिएसपी अवाले बताए । अर्जुन लागुऔषध सेवनकर्ता हुन् । डिएसपी अवा भन्छन्, ‘अर्जुनले बस्ने जनकपुरको जिरोमाईल तथा अन्य एरियाहरुमा आफुलाई बाहुबली सम्झिने गर्थे । उनी भारतीय नाकामा गई लागुऔषध सेवन गर्थे । अन्य केटाहरुलाई पनि सेवन गर्न लगाउथे र भनेको कुरा नमान्नेलाई कुटपिट गर्थे ।’

प्रहरीको रेकर्ड अनुसार अर्जुन यसअघि चार घटनामा संलग्न भइसकेका छन् । पटक पटक मुद्दा झेलेपनि उनी सुध्रेनन् । र, फेरी अपराधिक चरित्र प्रदर्शन गरे- चक्कुले यूवक प्रिन्सको हत्या गरेर । अर्जुनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको डिएसपी अवाले जानकारी दिए ।

अर्जुन संलग्न घटनाहरु:

• २०७२ साउन ३२ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट केही सार्वजानिक अपराध सम्बन्धी कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको ।

• २०७८ मंसिर २१ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको ।

• २०८० वैशाख ०७ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट चोरी मुद्दामा पक्राउ भई आवश्यक अनुसन्धान पश्चात धनुषा जिल्ला अदालतको निर्णयबाट पुर्पक्षका लागि जलेश्वर कारागार पठाईएको ।

• २०८० मंसिर १६ गते अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट अभद्र व्यवहार मुद्दामा पक्राउ भई मुद्दा चलाईएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री रान्या राव, १४ किलो सुनसहित पक्राउ
अभिनेत्री रान्या राव, १४ किलो सुनसहित पक्राउ
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने