फिफा विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
३० पटक हेरिएको
Shares
फिफा विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

सारांश

  • अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
  • क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।
  • अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे ।

३१ जेठ, काठमाडौं ।

अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए । ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन । खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन । यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अंकविहीन छन् । यसअघि आजै भएका खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा लमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए । आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ
किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
नेप्से परिसूचक सात अङ्कले बढ्यो
नेप्से परिसूचक सात अङ्कले बढ्यो