‘लालीबजार’ को कमाई ९ करोड 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २६, २०८३
|
|
६३ पटक हेरिएको
Shares
‘लालीबजार’ को कमाई ९ करोड 

सारांश

  • गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ ।
  •  घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ ।
  • चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।

 

काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा गत जेठ २४ गते आइतबारसम्म रहेको तथ्याङ्कअनुसार ‘लालीबजार’ ले रु ८ करोड ७८ लाख ५ हजार १ सय ९८ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको उक्त फिल्मको अवधिमा कूल २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन् । यो तथ्यांक आइतबारसम्म भएकाले आज मंगलवारसम्म यो फिल्मले ९ करोडको आकडा घरेलु बजारमा पार गरिसकेको छ ।

फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । डेब्यु फिल्ममार्फत नै अभिनेता विशाल देवकोटा र अभिनेत्री प्रसंशा सुवेदीले दर्शकबाट तारिफ पाएका छन् । विशाल थियटरमा झन्डै ९ वर्ष काम गरेपछि ठुलो पर्दामा डेब्यु गरेका हुन् । पहिलो फिल्म नै सफल भएपछि उनी मेहनतको फल प्राप्त भएको बताउँछन् ।

‘डेब्यु फिल्म भएकाले म अहिले सब कुरा सिकिरहेको छु, अनुभव गरिरहेको छु । पहिलो फिल्ममा पाएको सफलतालाई म शब्दमा व्यक्त गर्न सक्दिन । मैले पाएको सफलताले मलाई आगामी दिनमा झनै जिम्मेवार भएर काम गर्ने निर्देश दिएको छ’, उनले भने ।

फिल्ममा उनले ‘नारायण’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । शिक्षाको ज्योतिको महत्त्व बुझाउने पात्र भएकाले नारायणलाई दर्शकले बढी माया दिइरहेका छन् ।

षट्कोण आर्ट्सको व्यानरमा तयार भएको फिल्म ‘लालीबजार’ लाई यम थापाले निर्देशन गरेका हुन् । यसमा निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता र पटकथाकारको भूमिकामा छन् । म्याक्स दीपश खत्रीको निर्माणमा तयार भएको ‘लालीबजार’ मा मित्रदेव गुरुङको सम्पादन, सुशन प्रजापतिको छायांकन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
विपक्षी दलहरूको बैठक जारी
विपक्षी दलहरूको बैठक जारी
एसईईको नतिजा आज सार्वजनिक हुँदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै