कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

सारांश

  • नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् ।
  • महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।
  •  यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

२१ जेठ, काठमाडौँ ।

नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।  त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए । १४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो ।

अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षक लगायतका २ लाख जति सदस्य रहेको र अहिले त्यो घटेको सहमहामन्त्री रसाइलीले बताए ।  सरकारले अब सरकारी कर्मचारी र शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि त्यति सङ्ख्या घट्ने निश्चित थियो । त्यो बाहेक पनि उल्लेख्य मात्रामा कांग्रेसका क्रियाशील सदस्यले सदस्यता अद्यावधिक नगरेका हुन् । गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ ।

त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अद्यावधिक नगर्ने अडान लिइरहेको छ ।  विशेष महाधिवेशन गर्नु अगाडि नै ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । त्यो बेलामा पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रहेका रसाइलीले त्यो बेलामा ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको अहिले अद्यावधिक गर्ने ३ लाख ७५ हजार रहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते