इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

सारांश

  • निर्वाचन आयोगले मंगलबार इलाम- २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।
  • वैशाख १५ गते हुने निर्वाचनका लागि विभिन्न १२ दल र ८ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
  • सो अघि आयोगले दिउँसो एक बजेसम्म नामावली फिर्ता लिने समय दिएको छ ।

२७ चैत, काठमाडौं । निर्वाचन आयोगले मंगलबार इलाम- २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

वैशाख १५ गते हुने निर्वाचनका लागि विभिन्न १२ दल र ८ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो अघि आयोगले दिउँसो एक बजेसम्म नामावली फिर्ता लिने समय दिएको छ । पछि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका आयोगको छ । यो उपनिर्वाचनमा कोही महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

कार्यतालिकाअनुसार बुधबारदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारका लागि समय तोकिएको छ । मतदान भने वैशाख १५ गते बिहान सातदेखि साँझ पाँच बजेसम्मका लागि तय छ । मतदानको लागि समय तोकिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
पाँच किलाे अफिमसहित एक जना पक्राउ
पाँच किलाे अफिमसहित एक जना पक्राउ