कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
२५० पटक हेरिएको
Shares
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा

सारांश

  • कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ ।
  • थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।
  • भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् ।

१५ जेठ, काठमाडौं ।

कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो । भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् । अब उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरूलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ ।

कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको १० अमेरिकी डलर जरिबानाको कानुनी व्यवस्था छ । दूतावासले भिसा अवधि सकिएका सबै नेपालीलाई कम्बोडिया छोडेर एक हप्ताभित्रै स्वदेश फर्किन अनुरोध गरेको छ । तोकिएको समयमा स्वदेश नफर्किनेहरूलाई कम्बोडिया सरकारले नयाँ कानुनअनुसार जरिबाना तथा कैद सजाय गर्नेछ । कम्बोडियाले ल्याएको नयाँ कानुनमा अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने विदेशी र भिसा अवधि सकिएपछि पनि बस्ने विदेशीलाई पाँच लाख अमेरिकि डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरेको छ । कम्बोडिया सरकारबाट जरिबाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । हवाई टिकटको व्यवस्था गरेपछि त्यसबारे कम्बोडियाको अध्यागमन विभागमा जानकारी दिनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
युएईविरुद्ध कप्तान देव खनालको शतक
युएईविरुद्ध कप्तान देव खनालको शतक
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै