सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२६४ पटक हेरिएको
Shares
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद

सारांश

  • सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ ।
  • सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो ।
  • सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

१२ जेठ, काठमाडौं ।

सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो । बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता भट्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृ*त्यु
घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृ*त्यु
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल