इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा

सारांश

  • आगामी वैशाख १५ गते इलामा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • शनिवार बिहान ११ बजेदेखि पौने ५ बजेसम्म १३ जनाको उम्मेदवारी परेको र अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।
  • हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, नेपाल मजदुर किसान पार्टी लगायतका उम्मेदवारहरूले आफ्नो मनोनयन  दर्ता गराएका छन् ।

२४ चैत, इलाम । आगामी वैशाख १५ गते इलामा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिवार बिहान ११ बजेदेखि पौने ५ बजेसम्म १३ जनाको उम्मेदवारी परेको र अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए । हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, नेपाल मजदुर किसान पार्टी लगायतका उम्मेदवारहरूले आफ्नो मनोनयन  दर्ता गराएका छन् ।

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

अहिले मनोनयन दर्ताका लागि प्रक्रियामा रहेकाहरूको साँझ साढे ५ बजेसम्म उम्मेदवारी दर्ता भइसक्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?