देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
२६७ पटक हेरिएको
Shares
देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का

सारांश

  • यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ।
  • विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो।
  • विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ।

८ जेठ, काठमाडौं ।

यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो। विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ।

विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ। विभागले सार्वजनिक सवारीको नयाँ दर्ता रोक्नुपर्ने पछाडि केही कारणहरू औंल्याएको छ । विभागको परिपत्रअनुसार, सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायु प्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सञ्चालनमा देखिएको असहजता र कठिनाइलाई मुख्य कारण हुन् ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ।

उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा आवागमनमा पर्ने कठिनाइका कारण सार्वजनिक हितका लागि विभागले कुनै वा सबै कार्यालयलाई सवारी दर्ता रोक्न आदेश दिन सक्ने व्यवस्था रहेको छ।

सोही कानुनी आधारमा टेकेर विभागले नेपाल सरकारको नीतिअनुरूप सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले तत्कालका लागि नयाँ दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गर्न प्रदेश मन्त्रालय र पालिकाअन्तर्गतका कार्यालयहरूलाई पत्राचार गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा