संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस

सारांश

  • नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गर्नुपर्ने बताएका छन्।
  • प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
  • उनले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने बताए।

३ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गर्नुपर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने बताए। संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाउन आग्रह गर्दै उनले संविधानले कुनै एक दलको चाहनाले मात्रै प्रतिनिधित्व गर्न नहुने बताए।विगत १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यवहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको उनको भनाई छ।

राजनीतिक दलमात्र नभई नागरिक समाज, बुद्धिजीवी र अन्य सरोकारवालासँग राष्ट्रिय संवाद सञ्चालन गरेर सर्वपक्षीय सम्मेलनमार्फत संविधान संशोधनको साझा खाका तयार गर्नुपर्ने उनले बताए। उनले सरकारले बनाएको संविधान बहस कार्यदलले संविधान संसोधनको काम गर्न नसक्ने उल्लेख गरे। उनले संविधान संसोधनका लागी ससोधन मात्रै गर्न नहुनेमा जोड दिए। हतारमा गरिने संशोधनले केही वर्षभित्रै पुनः राजनीतिक टकराव निम्त्याउन सक्ने उनको भनाई छ। उनले नेपाललाई द्वन्द्वको अखडा बन्नबाट जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोठ दिए।  उनले भने, ‘पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद् विज्ञको संयोजकत्वमा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्।

त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छन् नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन, बियोन्ड पोलिटिकल पार्टीज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसद् भित्रको विचारलाई संयोजन गरेर संविधान संशोधनको बाटोमा जानुपर्छ। यो संविधान संशोधनलाई संशोधन गरेँ भन्ने ढंगले मात्रै गर्दा खेरी त्यो समस्या समाधान हुँदैन। फेरि डेढ वर्ष, दुई वर्ष, तीन वर्षभित्र अर्को द्वन्द्वको स्थिति ननिम्तियोस्।’  उनले सरकारले संसद् अधिवेशनअघि ल्याएका अध्यादेशहरूको श्रृंखलाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान राजनीतिक अभ्यास र संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमति बिना अघि बढाएमा मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको बताए। त्यसतर्फ सचेत हुन उनले बुद्धिजिवी, नागरिक समाज तथा आम सरोकारवालाहरुको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
बेपत्ता ३ वर्षीया बालिकाको शव फेला
बेपत्ता ३ वर्षीया बालिकाको शव फेला
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई