सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
३४३ पटक हेरिएको
Shares
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ

सारांश

  • सप्तरी प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
  •   धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बू एक सय ४१ किलो गाँजासहित बिहीबार पक्राउ गरेको हो।
  • पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२ जेठ, सप्तरी ।

सप्तरी प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।  धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बू एक सय ४१ किलो गाँजासहित बिहीबार पक्राउ गरेको हो। पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल १४१ किलो गाँजा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो । पिकअप भ्यान सहित दुवैजनालाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । यसै बिच सवारी ज्यान मुद्दामा विगत आठ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।दुर्घटनामा संलग्न रही फरार रहेका खडक नगरपालिका वडा नम्बर १० का २६ वर्षीय शिभामणी चौधरीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बेल्हाबाट पक्राउ गरेको जनाएको छ ।

सवारी ज्यान मुद्दा  कसुरमा जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी जनाएको छ ।२०८२ असोज १६ गते खडक नगरपालिका वडा नम्बर ११ मा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरू चिन्तामणि चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । यसैगरी अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी छन् । राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने