मन्त्रिपरिषद् बैठकले के–के गर्यो निर्णय ?
२२ चैत, काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन् । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी




Post Comment