२६ जेष्ठ २०८२, आईतवार

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

२२ चैत, काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन् । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ ।  यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?