सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

सारांश

  • आज सुनचाँदीकै मूल्य घटेको छ।
  • सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ।

२२ वैशाख, काठमान्डौ ।

आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ।  हिजो सुनको भाउ तोलाका २ लाख ९४ हजार ८०० रुपैयाँ थियो। गएको आइतबार १ हजार र सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको थियो। तीन दिनमा सुनको भाउ तोलाको ५१ सय रुपैयाँ घटिसकेको छ।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १५० रुपैयाँ घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा
साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु