Press 4K
बिहिबार, १० बैशाख २०८३

दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु

सारांश

  • दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।
  • यस घटनाले युद्धविरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सी लाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।
  • रिपोर्टका अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको अल–तिरी गाउँमा एउटा सवारी साधनलाईनिशानाबनाउँदा दुई जनाको मृत्यु भएको थियो ।

१० वैशाख,काठमाडौं ।

दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । यस घटनाले युद्धविरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सी लाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

रिपोर्टका अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको अल–तिरी गाउँमा एउटा सवारी साधनलाईनिशानाबनाउँदा दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले उक्त गाडी हिजबुल्लाह समूहले प्रयोग गर्ने क्षेत्रबाट निस्किएकाले आक्रमण गरिएको दाबी गरेको छ । त्यस्तै, अर्को एक गाउँको भवनमा भएको हवाई आक्रमणमा परी अल अखबर न्युज आउटलेटमा कार्यरत एक महिला पत्रकारको मृत्यु भएको छ ।

आक्रमणपछि उनी भवनको भग्नावशेषमा फसेकी थिइन् र पछि उनको मृत शरीर निकालिएको थियो । लेबनानका सूचना मन्त्रीले पत्रकारमाथि भएको यस आक्रमणको कडा निन्दा गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न माग गर्नुभएको छ । इजरायली रक्षा बलले भने हिजबुल्लाहले युद्धविराम उल्लंघन गरेकाले आफूहरूले कारबाही गरेको बताएको छ । आईडीएफका अनुसार दक्षिण लेबनानको सलुकी क्षेत्रमा हिजबुल्लाहका दुई सदस्यहरूले फर्वार्ड डिफेन्स लाइन पार गरी इजरायली सैनिकहरू नजिक आएपछि हवाई हमला गरिएको हो ।

इजरायली सेनाले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार सलुकी क्षेत्रमा दुई जना हतियारधारीले युद्धविरामको समझदारी उल्लंघन गर्दै सैनिकहरूका लागि खतरा पैदा गरेपछि उनीहरूलाई निष्कृय पार्न हवाई आक्रमण गरिएको हो ।’ इजरायलले उक्त क्षेत्रमा हिजबुल्लाहसँग सम्बन्धित सैन्य पूर्वाधारहरू नष्ट गर्ने र हतियारहरू खोजी गर्ने अभियान अझै जारी रहेको समेत जानकारी दिएको छ । यो पछिल्लो हिंसाले लेबनान र इजरायलबीचको तनाव पुनः बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू
गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू
नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला
नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...