Press 4K
बुधबार, २७ जेठ २०८३

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
८३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् ।
  • बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
  • प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् ।

७ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुने बताइएको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको पनि उपस्थिति रहनेछ । त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने कार्यक्रम छ ।

यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल हुनेछ । कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि उक्त बैठकमा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
महाकाली नदीमा खसेर एक युवक बेपत्ता
महाकाली नदीमा खसेर एक युवक बेपत्ता
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...