उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन: परीक्षा लिइने उल्लेख गरेको छ। २०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो।
‘यही चैत २१ गते तत् तत् विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेका छन्,’ त्रिविले निकालेको विज्ञप्तिमा उल्लेख छ।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी







Post Comment