बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।
- आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
- टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
२७ चैत,काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए । आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।यो जितसँगै आरसीबीले तालिकामा महत्वपूर्ण २ अङ्क जोडेको छ

प्रतिक्रिया