प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१८३ पटक हेरिएको
Shares
प्रतिनिधि सभाको बैठक आज बस्दै

सारांश

  • सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
  • संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।
  • बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

२७ चैत, काठमाडौं ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसलाई ताहिर अली भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नेछन् । यस्तै, सांसद आरेन राईले रूबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ । आजको बैठकले प्रतिनिधि सभाको नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि औपचारिक प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री