११ श्रावण २०८२, शनिबार

कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय

६ चैत, जनकपुरधाम। कमला सिचाईको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम बाबु यादव सहित पुरै पाईनल विजयी भएका छन् ।

मंगलबार भएको कमला सिचाईको निर्वाचनमा यादव अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । गणेशमान चारनाथ नगरपालिका वडा नं ९ स्थित श्याम बाबु यादव पुरखैलि घर रहेको छ । यस ठाउँकाे विगतमा समस्याहरु धेरै रहेको कारणले आफू अगाडि आएकाे कमला सिचाईमा पछिल्लो समयमा जे जतिसुकै समस्या रहेको छ भने सबै समाधान गरिने बताए । उनि समय समयमा समाजका लागि आवाज समेत उठाउँदै आएका थिए। समाजमा भएका अतिविपन्न परिवारलाई समेत सहयोग गर्दै आईरहेको छ । गठबन्धनबीचको भागबण्डामा कमला सिचाईको अध्यक्ष नेपाली कांग्रेसका भागमा परेका छन् । यता तिर कमला सिचाईको अध्यक्ष सहित पुरै पाईनल निर्बिरोध निर्वाचित भएका छन् ।

उनीहरु विरुद्ध कसैको कुनै गुनासो नभए पछि निर्विरोध निर्वाचित भएका हुन् । कमला सिचाई समितिमा अध्यक्ष सहित सदस्यहरू गठबन्धनबाट निर्वाचित भएका छन् । गठबन्धनमा दलहरुबिच भएको सम्झौताअनुसार उम्मेदवारहरू तय गरेका थिए । यादवकाे अनुसार अगामि दिनमा सिचाइ सम्बन्धि कुनै समस्य हुन नदिने ,कसैलाई भेदभाब नगरि एकनास तरिकाले कामकाज गरिने दावि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?