Press 4K
शुक्रबार, १५ जेठ २०८३

प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

सारांश

  • उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ ।
  • पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।
  • चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।

८ चैत,काठमाडौं ।

उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।

चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो । ‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भने, ‘म हारे पनि देशले जितेको छ । तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।’

प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गरे । यस्तै, यस सरकारको सफलताका लागि घिसिङले खेल्नुभएको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् । ‘तपाईँहरु विभिन्न क्षेत्रका विज्ञहरू पार्टीमा हुनुहुँदो रहेछ’ प्रधानमन्त्री कार्कीले भने, ‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ । एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन । तपाईँहरूले गर्ने काम धेरै छ । अविचलित रूपमा अगाडि बढ्नुहोस्। मेरो शुभकामना छ ।’ यसै क्रममा उक्त पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक करणको माग पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
प्रचण्ड र मोदीबीच भेटवार्ता
प्रचण्ड र मोदीबीच भेटवार्ता
भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच
भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...