३० फाल्गुन २०८२, शनिबार

पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल

३० फागुन,लिस्वन

पोर्चुगल । पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो ।

पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र प्रथम सचिव रामबाबु नेपाल र पोर्चुगलको यातायात संस्थानको सवारी चालक अनुमतिपत्र विभागका प्रमुख सुसाना पाउलिनो सहभागी थिए ।

Post Comment

छुटाउनुभयो कि ?