२६ जेष्ठ २०८२, आईतवार

पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

२७ फागुन, काठमाडौं। त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल पानी परेपछि रोकिएको छ।

पाँच ओभरको खेल सकिँदा पानी पर्न थालेपछि खेल रोकिएको हो। पानी पर्नुअघि हङकङले पाँच ओभरमा एक विकेट गुमाउँदै ४३ रन बनाएको छ। टस जित्दै फिल्डिङ रोजेको नेपालका लागि पहिलो ओभरको पहिलो बलमै हङकङका मार्टिन कटेजको विकेट करण केसीले लिएका थिए। गलशन झाबाट उनले कटेजलाई क्याचआउट गराएका हुन्।

हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित शृंखला आजदेखि सुरु भएको हो। अहिले मैदान त्रिपालले ढाकिएको छ। आजको खेलमा नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ। रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment