Press 4K
बुधबार, ३१ भाद्र २०८३

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
५० पटक हेरिएको
Shares
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

सारांश

  •   काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
  • झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६६० मिलिग्राम सहित सोही नगरपालिका-१२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

२७ फागुन,काठमाडौं। 

काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६६० मिलिग्राम सहित सोही नगरपालिका-१२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बाह्रदशी गाउँपालिका-६ पचासबिघेबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका-६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुइँटेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनार मनी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २७ वर्षीय अर्मान अलिलाई लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीबाट नियन्त्रित लागू औषध ट्राम डोल २४० ट्याब्लेट र डिको लिक २३५ ट्याब्लेटसहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका९६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाउँबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका९७ पठरैया बस्ने ३० वर्षीय मिना राजी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : वर्षमान पुन
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : वर्षमान पुन
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट
३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण
इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण
घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ
घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...