बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ ।
  • हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ ।
  • कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ ।

२६ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट हात पारेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ ।

 यसैबीच समानुपातिक तर्फको मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले ४९ लाख ८७ हजार ७०० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ९१ हजार ७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ७ हजार ९२३ मत पाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ३९२ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

हालसम्मको मतगणनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र उक्तथ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छन् । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा, जससँग पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन्द्र शाह पनि आबद्ध रहेका छन् । यो पार्टी यस निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै संसदमा बलियो उपस्थिति बनाउने दिशामा अघि बढेको देखिन्छ ।

यही ट्रेन्ड कायम रहेमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ६० सिट थप्ने अनुमान गरिएको छ । यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्न सक्छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत (१८४ सिट) भन्दा बढी हो । रास्वपाको लहरले पुराना स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । बालेन शाह र रास्वपाको यो सफलतालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिएका छन् ।  सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको लागि शुभकामना दिएका हुन् । उनले अब नयाँ बन्ने सरकारसँग मिलेर भारत र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए
अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई