शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

सारांश

  • हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् ।
  • गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् ।
  • उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको दाबी गरे ।

२२ फागुन,काठमाडौं ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको दाबी गरे ।

उनले भने, ‘यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने प्रत्याभूति दिएको छ । यदि यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो । अब हामीले निष्पक्ष निर्वाचन सम्पन्न गर्यौं । यसपालि गुणस्तरीय र सुदृढ चुनाव भएको छ ।’ निर्वाचनको क्रममा हिंसात्मक झडप हुन सक्ने स्थानमा समयमै सुरक्षा व्यवस्था कडा बनाइ नियन्त्रण गरिएको पनि उनले जानकारी दिए । ‘एक–दुई ठाउँबाहेक ठूलो हिंसात्मक घटना भएन, हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर नियन्त्रणमा राख्यौं,’ उनले भने ।

यसअघि धेरै ठाउँमा मतदान स्थगित हुने र पुनः मतदान गराउनुपर्ने अवस्था आउने गरेको उल्लेख गर्दै उनले यसपटक भने देशभर एकैचोटि मतदान सम्पन्न भएको र कतै पनि स्थगन गर्नुपर्ने अवस्था नआएको बताए ।  गृहमन्त्री अर्यालले यस्तो अभ्यासबाट राजनीतिक सुशासनका मानकहरू अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा आउने सरकारले पनि यी मानकहरू कायम राख्ने अपेक्षा गरिएको बताए।

अर्यालले थपे, ‘सबैलाई थाहा छ, यसपालि एक थोपा रगत पनि खस्न सकेन । हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपा खसिएको छैन । निर्वाचनको क्रममा पनि हिंसात्मक झडपहरू लगभग नभएका हुन्, र जहाँ हुन खोजेका थिए, त्यसलाई रोक्दै नियन्त्रणमा राखियो । यसरी देशभरि एकैचोटि मतदान सम्पन्न भयो र स्थगनको अवस्था छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ